सोक्ला भ्यालीमा ‘रक क्लाइम्बिङ’ महोत्सव तथा प्रतियोगिता

सोमबार, २२ बैशाख, २०८२
डिजिटल संस्करण

सोक्ला रक क्लाइम्बिङ महोत्सव तथा प्रतियोगिता २०८२ को उपाधि सक्सेस लामाले हात पारेका छन्। रक क्लाइम्बिङ प्रतियोगितामा लामाले एक मिनेट १५ सकेन्डमा ३० मिटरको चट्टान आरोहण गरेका हुन्।

दोलखाको सोक्ला भ्यालीलाई साहसिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ आयोजना गरिएको तेस्रो रक क्लाइम्बिङ प्रतियोगितामा रोशन रसाइली दोस्रो भए। उनले एक मिनेट ३० सेकेन्डमा आरोहण गरे। यस्तै, पूजन श्रेष्ठ तेस्रो हुँदा भरत कार्कीले सान्त्वना स्थान हात पारे।

सोक्लाश्वरी पर्यटन विकास समाजले सोक्ला भ्यालीलाई ‘एडभेन्चर क्लाइम्बिङ हब’को रूपमा प्रवर्द्धन गर्न रक क्लाइम्बिङ महोत्सव तथा प्रतियोगिता गर्दै आइरहेको छ। २० र २१ वैशाखमा भएको प्रतियोगितामा हिमाल आरोही, नेपाल स्काउट, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका गरी १०३ जना सहभागी भएका समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए।

उनका अनुसार सोक्ला र चक्पाको बिचमा पर्ने भिर ४२० मिटर उचाइको छ। नेपाल पर्यटन बोर्ड र भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा रक क्लाइम्बिङ महोत्सव भएको हो।

सुझावित समाचार