मिश्रविरुद्ध छैटौँपटक पनि म्याद थप

सोमबार, २२ बैशाख, २०८२
डिजिटल संस्करण

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ अभियुक्तविरुद्ध पुनः पाँच दिनको म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार उनीहरूविरुद्ध पाँच दिन म्याद थप गरेको हो ।

मिश्रसहितका अभियुक्तविरुद्ध यसअघि १४ वैशाखमा सात दिन म्याद थप भएको थियो । प्रतिशोधपूर्ण ढंगले हिरासत लम्ब्याउन खोजेको भन्दै सरकारको चौतर्फी विरोध भएको थियो । तर, अदालतले उनीसहित २५ अभियुक्तविरुद्ध छैटौँपटक पनि पाँच दिन म्याद थप गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले मिश्रसहितका २५ अभियुक्तविरुद्ध पाँच दिन म्याद थप भएको बताए । अदालतले उनीसहित २५ जना अभियुक्तविरुद्ध छैटौँपटक पनि पाँच दिनको म्याद थप गरेको छ ।

उनले भने, ‘मिश्रसहितका अभियुक्तविरुद्ध पाँच दिनको म्याद थप भएको छ । घटनामा आवश्यक अनुसन्धान भइरहेको छ ।’ मिश्र ४० दिनदेखि काठमाडौं परिसरको हिरासतमा छन् ।

उनीविरुद्ध राज्यविरुद्धको कसुर तथा संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ । उनलाई गत १५ चैतमा तीनकुनेमा भएको आगजनी तथा तोडफोड घटनाका मुख्य अभियुक्त बनाइएको छ । उनी घटनाकै दिन अर्थात् १५ चैत साँझ पक्राउ परेका थिए । 

सुझावित समाचार