सातौै जितसँगै पञ्जाब आइपिएलको प्लेअफ नजिक

आइतबार, २१ बैशाख, २०८२
डिजिटल संस्करण

आइपिएलमा पञ्जाब किंग्सको प्लेअफमा पुग्ने सम्भावना बलियो भएको छ। आइतबारको खेलमा लखनउलाई हराएसँगै पञ्जाबको सम्भावना बढेको हो। 
पञ्जाबले लखनउलाई ३७ रनले पराजित गरेको हो। 

पहिले ब्याटीङ गरेको पञ्जाबले २३६ रनको बिशाल योगफल बनाएको थियो। जवाफी ब्याटीङमा लखनउ १९९ रनै समेटियो। जितका लागि पञ्जाबका बलर अर्शदीप सिंहले चार ओभरमा १६ रन दिएर तीन विकेट लिएका थिए। 

यो जितसँगै पञ्जाब अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ११ खेलमा उसले सात वटा जितेको छ भने एउटा खेल रद्द हुँदा उसले १५ अंक जोडेको छ। 

सुझावित समाचार