महोत्तरीका सिडिओ तानिए

आइतबार, २१ बैशाख, २०८२
डिजिटल संस्करण

महोत्तरीका प्रमुख जिल्ला अधिकारी(सिडिओ) लालबाबु कवारी गृह मन्त्रालय तानिएका छन्। मन्त्रालयले सहसचिव नारायण रिसाललाई महोत्तरीमा पठाएको छ। 

कवारी यसअघि सिराहामा कार्यरत रहँदा पनि विवादमा परेका थिए। उनलाई गृहले गत १४ कात्तिकमा महोत्तरी सरुवा गरेको थियो। सिडिओ सरुवासम्बन्धी कार्यविधिविपरीत उनलाई गृह जिल्लामा सरुवा गरिएको थियो। धेरै गुनासो आएपछि उनलाई हटाइएको गृह मन्त्रालय स्रोत बताउँछ। 

सुझावित समाचार