प्रभु महालक्ष्मी लाइफका अभिकर्ताहरूको ‘डिलाइटफुल सौराहा’ कार्यक्रम सम्पन्न

आइतबार, २१ बैशाख, २०८२
डिजिटल संस्करण

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ताहरूको ‘डिलाइटफुल सौराहा’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। चितवनको सौराहामा वैशाख १८, १९ र २० गते गरी तीन दिन विभिन्न मनोरञ्जनात्मक रिफ्रेसमेन्ट कार्यक्रमहरूका साथ भव्य रूपमा सम्पन्न भएको हो।

प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले सम्बोधन गरी कार्यक्रमको सुरुवात गरेका थिए। कम्पनीमा आबद्ध तीन सयभन्दा बढी अभिकर्ताहरूको उपस्थिति रहेको कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारी, सांगीतिक साँझ तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू गरी हर्षाेल्लासपूर्ण वातावरणमा सम्पन्न भयो।

कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार कम्पनीका ब्रान्ड एम्बेसडर मनोज गजुरेलको प्रस्तुति रहेको थियो। त्यसैगरी गायक सुगम पोखरेल र ‘द बाजागाजा’ टिमको लाइभ सांगीतिक प्रस्तुतिले कार्यक्रमको रौनक थपिएको थियो।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरूलाई निरन्तर रूपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ।

सुझावित समाचार