सुनकोशी–मरिन आयोजना छिटो सक्न निर्देशन

शनिबार, २० बैशाख, २०८२
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनकोशी–मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनालाई चाँडो सम्पन्न गर्ने गरी समाधान खोज्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । 

आयोजनाको ‘वर्तमान ठेक्का कार्यान्वयनको अवस्था समस्या एवं चुनौती’को अवस्थाबारे बुझ्दै उनले राष्ट्रिय गौरवको आयोजनालाई चाँडो निर्माण सम्पन्न गर्ने गरी समाधान खोज्न निर्देशन दिएका हुन् ।

‘आयोजनाको प्रगतिका बारेमा प्रधानमन्त्रीज्यूले समेत बारम्बार चासो राख्दै आउनुभएको छ, यो आयोजना निर्माणमा किन ढिलाइ भयो, चाँडो निर्माण सम्पन्न गर्ने गरी समाधान खोज्नुहोस्,’ उनले भने ।

मन्त्री खड्काले काम पाइन्छ भनेर एउटै ठेकेदार कम्पनीले कम शुल्कमा ठेक्का हालेर धेरै आयोजना लिने र समयमै काम सम्पन्न नगर्ने प्रवृत्तिका कारण देशको विकासमा ढिलाइ भएको पनि बताए ।  
 

सुझावित समाचार