रेशमलाई रिहा गर्न सर्वाेच्चले पठायाे आधिकारिक पत्र

बुधबार, १७ बैशाख, २०८२
डिजिटल संस्करण

सर्वोच्च अदालतले रेशम चौधरीलाई रिहा गर्न कारागार व्यवस्थापन विभागलाई पत्र पठाएको छ।

टीकापुर प्रकरणमा दोषी ठहर चौधरीलाई बुधबार नै पक्राउ गरेर डिल्लीबजार कारागार चलान गरिएको छ। तर, सर्वोच्चले कर्मचारी महिमानसिंह विष्टले लेखेको पत्रमै त्रुटि रहेको भन्दै रिहा गर्न पत्र लेखेको हो।

उता पत्र लेख्ने विष्टलाई सर्वोच्चले प्रहरीलाई जिम्मा लगाएको छ। उनलाई हिरासतमा लगिएको छ।

सुझावित समाचार