रेशमलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत महिमान पक्राउ

बुधबार, १७ बैशाख, २०८२
डिजिटल संस्करण

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै डिल्लीबजार कारागारलाई पत्र पठाएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन्।

उनलाई सर्वोच्च अदालतपरिसरबाटै प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ।

रेशम चौधरीलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र पठाउने तयारी गरेको छ। त्यही पत्रका आधारमा रेशम चौधरीलाई थुनामुक्त गर्ने तयारी छ।

सुझावित समाचार