पाँच सयको नक्कली भारतीय नोटसहित एकजना भारतीय युवती पक्राउ

बुधबार, १७ बैशाख, २०८२
डिजिटल संस्करण

विराटनगरमा एकजना भारतीय युवती नक्कली भारतीय नोटसहित पक्राउ परेकी छिन्।विराटनगर महानगरपालिका–१३ मा भारत बिहार राज्यको  अररिया जिल्लाका  १९ वर्षीय सिम्पी बैसन्ती मंगलबार साँझ पक्राउ परेकी हुन्। 

भारतीय नागरिक बैसन्तीले विराटनगर–१३मा रहेको एक  किराना पसलमा सामान किन्ने क्रममा दिएको भारतीय पाँच सय रुपैयाँको नोट नक्कली रहेको शंका लागेपछि पसलेको सूचनाका आधारमा इलाका प्रहरी रानीको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।

 प्रहरीले चेकजाँचको क्रममा उनको साथबाट पाँच सय दरका ७ वटा नक्कली भारतीय नोट बरामद गरेको थियो। नक्कली भारतीय नोटसहित पक्राउ परेकी भारतीय युवतीलाई आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  
 

सुझावित समाचार