सभापति देउवाद्वारा डंगोलको निधनप्रति दुःख व्यक्त

शनिबार, १३ बैशाख, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं कांग्रेसका पूर्वसभापति तीर्थराम डंगोलको निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन्। 

नेता डंगोलको निधनमा आज शोक वक्तव्य जारी गर्दै उनले भने, 'नेपाली कांग्रेस काठमाडौंका पूर्वसभापति, पूर्वस्वास्थ्य राज्यमन्त्री, मुलुकको लोकतान्त्रिक आन्दोलनका योद्धा डंगोलको निधनको खबरले मलाई अत्यन्त दुःखित बनाएको छ। उनले कांग्रेसको संगठन निर्माण र देशको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भूमिका पार्टीले बिर्सनेछैन।' 

 नेता डंगोलको शुक्रबार राति ७७ वर्षको उमेरमा निधन भएको हो। उनको पार्थिव शरीरलाई आज बिहान ११:०० बजेदेखि नै पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ। दिउँसो १:०० बजेसम्म शव राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। अपराह्न २:०० बजे काठमाडौंको टेकु दोभानमा उनको दाहसंस्कार गरिनेछ।

सभापति देउवाले नेता डंगोलको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्। 

सुझावित समाचार