पश्चिम नवलपरासीमा चितुवाको आक्रमणबाट चारजना घाइते

शुक्रबार, १२ बैशाख, २०८२
डिजिटल संस्करण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका– ६ गुठीप्रसौनीमा चितुवाको आक्रमणबाट चारजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तका अनुसार आज शुक्रबार बिहान पौने ९ बजेतिर चितुवाले आक्रमण गरेको हो।

आक्रमणमा परी गुठीप्रसौनीका ३६ वर्षीय रघुवीर केवट, ३० वर्षीय प्रेम कोइरी, २८ वर्षीय उमालाल कोइरी र सुस्ता गाउँपालिका– ५ का २७ वर्षीय मेहमत मियाँ घाइते भएका छन्। उनीहरूले गुठीप्रसौनीमा रघुवीरको खेतमा काम गरिरहेका वेला अचानक चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ।

घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको र चितुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार