सरकार फेरिने हल्लापछि थाइल्यान्डबाटै प्रधानमन्त्री र सभापतिबिच कुराकानी भयो : आरजु देउवा

शुक्रबार, १२ बैशाख, २०८२
डिजिटल संस्करण

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार फेरिने कुनै सम्भावना नभएको बताएकी छिन्। थाइल्यान्ड भ्रमणबाट फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यो विषय हल्ला मात्र भएको बताइन् । 

साथै यो विषयमा समाचार आएपछि बिहीबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीबिच टेलिफोनमा कुराकानी भएको उनले खुलाइन् ।

‘सरकार परिवर्तन गर्न त नेपालभित्रै बसेर गर्नुपर्ने होला, विदेशमा गएर यहाँको सरकार परिवर्तन हुँदैन,’ उनले भनिन्, ‘हामी पनि यी समाचार हेरेर छक्क पर्याैँ, बेलुकाचाहिँ सभापतिज्यू र प्रधानमन्त्रीज्यूको यसबारे कुराकानी (टेलिफोनमा) पनि भएको छ ।’ 

थाइल्यान्डमा सभापति देउवाको कोहीसँग भेटघाट नभएको आरजुको दाबी छ। गत ७ वैशाखमा गएका देउवादम्पती शुक्रबार फर्किएका हुन्। विमानस्थलबाट बाहिरिदने क्रममा सभापति देउवाले पनि गठबन्धनमा सबै ठिक रहेका प्रतिक्रिया दिएका छन्। 

सुझावित समाचार