सुनको मूल्य एक हजारले घट्यो

शुक्रबार, १२ बैशाख, २०८२
डिजिटल संस्करण

सुनको मूल्य तोलामा रु. एक हजार घटेको छ । बिहीबार प्रतितोला रु. एक लाख ९० हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज रु. एक लाख ८९ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला रु. दुई हजार कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३२५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । 
 

See More On

सुझावित समाचार