सशस्त्र प्रहरीका १२ डिआइजीको सरुवा, ६ प्रदेशका बाहिनीपति फेरिए

बिहिबार, ११ बैशाख, २०८२
डिजिटल संस्करण

सशस्त्र प्रहरी बलका १२ डिआइजीहरूको सरुवा भएको छ। सरुवामा ६ प्रदेशका बाहिनीपतिहरू फेरिएका छन्। 

बराह बाहिनी, सुनसरीमा कुमार न्यौपाने, विन्धबासिनी बाहिनी रुपन्देहीमा दीपेन्द्र कुँवर, छिन्नमस्ता बाहिनी, महोत्तरीमा कृष्ण ढकाल, मुक्तिनाथ बाहिनी कास्कीमा दीपेन्द्र शाह, गढीमाई बाहिनी मकवानपुरमा अञ्जनीकुमार पोखरेल तथा बैद्यनाथ बाहिनी कैलालीमा प्रदीप पालको सरुवा भएको छ । स्टाफ कलेजमा शम्भु सुवेदीको सरुवा भएको छ। 

सुझावित समाचार