प्रधानमन्त्रीले शिक्षकको अपमान गरे, फास्ट ट्र्याकमा विधेयक पास गर्नुपर्छ : माओवादी

बुधबार, १० बैशाख, २०८२
डिजिटल संस्करण
प्रधानमन्त्रीले शिक्षकको अपमान गरे, फास्ट ट्र्याकमा विधेयक पास गर्नुपर्छ : माओवादी

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी ओलीले शिक्षकहरूलाई अपमानित गर्ने काम गरिरहेका आरोप लगाएको छ। वर्तमान परिस्थितिबारे पार्टीको धारणा सार्वजनिक गर्न बुधबार पत्रकार सम्मेलन गर्दै माओवादीले शिक्षकहरूको जायज माग पूरा गर्न भनेको हो।

१२ गते शुक्रबारदेखि सुरु हुन लागेको संसद् अधिवेशनमार्फत शिक्षा विधेयक फास्ट ट्र्याकबाट पारित गर्न माग गर्दै माओवादीले भनेको छ, ‘अहिले शिक्षा ऐनको माग गर्दै शिक्षकहरू सडकमा छन् । तर, प्रधानमन्त्री शिक्षकका माग पूरा गर्नभन्दा उनीहरूलाई होच्याउने, अपमानित गर्ने काम गरिरहेका छन्।’

यसैगरी, लघुवित्तपीडित, सहकारीपीडित, कर्मचारी, चिकित्सकलगायत आन्दोलनरत सबै पक्षसँग तत्काल वार्ता गरी उनीहरूका जायज माग पूरा गर्न पनि माओवादीले सरकारको ध्यानाकर्षण गराएको छ।

भारतको जम्मु–कस्मिरमा भएको अतिवादी हमलामा नेपाली नागरिक सुदीप न्यौपानेसहित पर्यटकहरूको निधन भएको घटनाप्रति समेत माओवादीले भर्त्सना गरेको छ।

सुझावित समाचार