सुनको मूल्य तोलामा सात हजार पाँच सय घट्यो

बुधबार, १० बैशाख, २०८२
डिजिटल संस्करण

सुनको मूल्य आज तोलामा सात हजार पाँच सय रुपैयाँले घटेको छ । मंगलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख ९७ हजार नाै सय रुपैयाँ पुगेको सुनको मूल्य आज घटेर एक लाख ९० हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला  पाँचले घटेर  एक हजार ९६५ रुपैयाँमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३४५ अमेरिकी डलरहाराहारीमा कारोबार भइरहेको छ ।     

See More On

सुझावित समाचार