१५ वर्षीया बालिकाको सामूहिक बलात्कार गरेको आरोपमा तीन पक्राउ

मंगलबार, ९ बैशाख, २०८२
डिजिटल संस्करण

नवलपुरमा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दाइ पर्ने ३० वर्षीय पुरुषसहित तीनजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले बलात्कारको आरोपमा तीनजनालाई पक्राउ गरेको जानकारी दिए। उनीहरूले बालिकालाई नसालु पदार्थ खुवाएर बलात्कार गरेको बुझिएको छ।

तीनैजनालाई नवलपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

सुझावित समाचार