स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन तोलामा ६ हजार नौ सय रुपैयाँले बढेर एक लाख ९७ हजार नाै रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको मूल्य तोलामा एक लाख ९१ हजार रुपैयाँ कायम भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा एक हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा एक हजार ९७० रुपैयाँ कायम भएको हो ।