बाल अस्पताललाई आचार्यले दिइन् एक करोड

मंगलबार, ९ बैशाख, २०८२
डिजिटल संस्करण

उद्यमी तथा अभियन्ता प्रमिला रिजाल आचार्यले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि एक करोड सहयोग गरेकी छिन् ।

महिला सशक्तीकरण र समतामूलक समाजको उन्नयनका लागि वकालत गर्दै आएकी आचार्यले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) का संस्थापक कोइरालालाई सोमबार एक करोड रुपैयाँको चेक प्रदान गरेकी हुन् ।

आचार्यले कोइरालाको यस्तो पहलकदमीलाई समर्थन र सहयोग गर्नुपर्ने ठानेर आफूले सहयोग गरेको बताइन् । कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ ।

आचार्य दक्षिण एसियाली महिला विकास मञ्च (एसएडब्लुएफ) की अध्यक्ष हुन् । महिला सशक्तीकरणमा योगदान पुर्याएबापत उनी विभिन्न पुरस्कारबाट सम्मानितसमेत भइसकेकी छन् । 
 

सुझावित समाचार