पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने

सोमबार, ८ बैशाख, २०८२
डिजिटल संस्करण

डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा फर्किएको ‘२४ घण्टा’भित्र युक्रेन र रुसबिच युद्धविराम गराउने वाचा गरेका थिए । तीन महिना बितिसक्दा र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा घोषित छोटो इस्टर युद्धविरामका बाबजुद युद्ध अझै जारी छ र युद्धविरामको सम्भावना पहिलेभन्दा अनिश्चित छ ।

अमेरिकी राष्ट्रपति आफ्नो प्रशासन र रुसी अधिकारीहरूबिच बारम्बार वार्ता भए पनि मस्कोबाट कुनै पनि प्रमुख छुटहरू निकाल्न असफल भएका छन् र सार्वजनिक रूपमा युक्रेनका युद्धकालीन नेता भोलोदिमर जेलेन्स्कीलाई ‘तानाशाह’ भएको आरोप लगाएका छन् ।

यसैबिच उनले पुटिनसँग न्यानो सम्बन्धको खोजी सुरु गरेका छन् । यसले किएभलाई एक्ल्याएको छ भने वासिङ्टन र युरोपबिच फाटो ल्याएको छ ।

ह्वाइट हाउससँग घनिष्ठ सम्बन्धको सम्भावनामा रुसका धेरैजना खुसी छन् भने युक्रेनमा दीर्घकालीन शान्तिको विचार मलिन भएको छ ।

‘केही भइरहेको छैन । वास्तविक शब्दमा, मानिसहरूले हरेक दिन साइरन सुन्छन्, बमहरू देख्छन् र मानिसहरू मारिन्छन्,’ किएभ स्कुल अफ इकोनोमिक्सका प्रमुख टिमोफी माइलोभानोभले एएफपीलाई भने, ‘पुटिनले मूलतः सबैलाई मूर्ख बनाइरहनुभएको छ ।’

ट्रम्पको जनवरीमा पदवहाली भएयता अमेरिकी अधिकारीहरूले युद्धविराममा पुग्ने प्रयासमा रुसी र युक्रेनी प्रतिनिधिमण्डलहरूसँग धेरै चरणको वार्ता गरेका छन् ।

यसैबिच रुसले युक्रेनमाथि आक्रमण जारी राखेको छ । पछिल्ला दुई हप्तामा मात्र ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा दर्जनौँ मानिस मारिएका छन् ।

युक्रेनको सेनाले रुसको पश्चिमी कुर्स्क क्षेत्रमा पनि आफ्नो पकड गुमाएको छ । कुर्स्क उनीहरूको एक मात्र उल्लेखनीय सौदाबाजीको चिप थियो ।

‘अहिलेसम्म त्यहाँ कुनै परिवर्तन भएको छैन, वास्तवमा हाम्रो सहरमा यो झन् खराब भएको छ,’ युक्रेनको सुमीकी २९ वर्षीया फोटोग्राफर अन्ना क्लिस्किनाले ट्रम्पबारेमा भनिन् ।

अप्रिल १३ मा दुई रुसी ब्यालेस्टिक मिसाइलहरू क्लिस्किनाको सहरमा प्रहार हुँदा ३५ जनाको मृत्यु भयो र एक सयभन्दा बढी घाइते भएका थिए ।

सुझावित समाचार