पाथीभरा जाँदै गरेको ट्याक्सीमा करेन्ट लागेर दुर्घटना हुँदा कम्तीमा चारजनाको मृत्यु

सोमबार, ८ बैशाख, २०८२
डिजिटल संस्करण

ताप्लेजुङको पाथीभरा गइरहेको  ट्याक्सीमा करेन्ट लागेर दुर्घटना हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ । पाथीभरा जाँदै गरेको ट्याक्सी फुङलिङ नगरपालिका– १० तेश्रे भन्ने ठाउँमा पुगेपछि बिजुलीको पोल ढलेको र सोही पोलबाट करेन्ट लागी केहीको मृत्यु भएको बताइएको छ । 

३०११ गाडी नम्बरको  ट्याक्सीमा कतिजना थिए भन्ने कुराको यकिन हुन नसकेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए । सो क्षेत्रमा अहिले प्रहरी, एम्बुलेन्स र उद्धारकर्ताहरू पुगेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयले कम्तीमा चारजनाको मृत्यु भएको बताए पनि अझै के–कति हताहती भए भन्नेबारे अझै पुष्टि भइनसकेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी बस्नेतको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । 
 

सुझावित समाचार