आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उच्च व्यवस्थापन तथा आफ्ना अभिकर्ताको उपस्थितिमा सुशीला रोकालाई ‘सरल सावधिक जीवन बिमा योजना’को प्रडक्ट एम्बासडर (सदभावना दूत) २०२५ घोषण गरेको छ।
रोका कम्पनीको मासिक स्किमअन्तर्गत देशभरका अभिकर्तामध्येबाट उत्कृष्ट व्यवसाय गरी ‘सरल सवाधिक जीवन बिमा’ योजनाको सदभावना दूत हुन सफल भएकी हुन्।
यसै कार्यक्रममा कम्पनीले उनको ब्यानर र प्रचार सामग्री अनावरण गरेको छ। यसले अभिकर्ताहरूमाझ स्वस्थ प्रतिस्पर्धाका साथै थप प्रतिबद्ध भई काम गर्न प्रेरणा प्रदान गर्ने कम्पनीको विश्वास छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले कम्पनीले आफ्ना अभिकर्ताहरूलाई बिमा सेवाको ज्ञान, दक्षता र व्यक्तित्व विकास गर्दै बिमितहरूलाई सरल, सहज र स्तरीय सेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिँदै जाने बताए।