सरकारको गलत कामका कारण प्रतिगामीले षड्यन्त्र गरे : प्रचण्ड

आइतबार, ७ बैशाख, २०८२
डिजिटल संस्करण

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत काम गरिरहेकाले प्रतिगामी शक्तिहरूले लोकतन्त्रविरुद्ध षड्यन्त्र गरिरहेको बताएका छन् । नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले प्रतिगामीहरूको धमिलो पानीमा माछा मार्ने षड्यन्त्र सफल हुन नदिने चेतावनी दिए ।

‘माओवादीले तपाईंहरूको साथ छाड्दैन । देशमा अहिले जुन प्रतिगामी षड्यन्त्र देखापर्न खोज्दै छ,’ पूर्वराजावादी समूहले राजतन्त्र फर्काउन गरेको आन्दोलनलाई लक्षित गर्दै प्रचण्डले भने, ‘अहिलेको सरकारका गलत काम–कारबाहीका कारण धमिलो पानीमा माछा मार्ने जुन दुस्साहस गरेका छन्, त्यो सफल हुनेछैन, हुन दिइनेछैन ।’

नेवाः समुदायको पहिचानको मुद्दाप्रति पार्टी प्रतिबद्ध रहेको भन्दै प्रचण्डले उत्पीडित वर्ग, जाति र समुदायको अधिकार स्थापित गर्ने अभियानमा निरन्तर अगाडि बढ्ने प्रतिबद्धता पनि जनाए । नेवाः राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलनले देशभरका सरकारका गलत क्रियाकलापलाई खबरदारी गरेको उनको भनाइ थियो ।
 

See More On

सुझावित समाचार