प्रतिनिधिसभा, कानुन, न्याय तथा मानव अधिकार समितिले आर्थिक वर्ष ०८१/०८२ को वार्षिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ। समितिको आज बसेको बैठकले सो प्रतिवेदन पारित गर्दै संघीय संसद्को आगामी बैठकमा पेस गर्ने निर्णयसमेत गरेको छ ।
प्रतिवेदनमा एक वर्षको अवधिमा समितिले सम्पादन गरेका कार्य, विधेयकमाथिको छलफल, संशोधन र पारित, विभिन्न स्थलगत अनुगमनलगायतका विवरण समेटिएकाे सभापति विमला सुवेदीले जानकारी दिइन् । यस वर्ष समितिले संघीय संसदबाट जारी भएका कानुन कार्यान्वयनको अवस्थासम्बन्धी छलफल तथा हिरासतमा थुनुवाको मौलिक हकको सुनिश्चितता र कैदीबन्दी तथा बाल सुधारगृहमा मानव अधिकारको अवस्थासम्बन्धी स्थगलत अनुगमन गरेको थियो।
आगामी दिनमा देशका विभिन्न भागमा रहेका मध्यवर्ती क्षेत्रका जनताको मानव अधिकारसम्बन्धी विषयमा स्थलगत अनुगमन गर्ने तयारी गरिएको सभापति सुवेदीले जानकारी दिइन् । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसदीय समितिले दिएका सुझावका आधारमा मन्त्रालयले कानुन संशोधनको तयारी गरिरहेको जानकारी दिए । उनले केही कानुन संशोधनका लागि अन्तिम तयारी भइरहेको बताए ।
कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने
सुझावित समाचार
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति…
कांग्रेस टुटफुटको शृंखला : ००४, ०१०, ०५९ मा फुट्यो, अहिले फेरि विभाजनको सँघारमा
लोकतन्त्रका लागि स्थापनाकालदेखि लड्दै आएको पुरानो पार्टी कांग्रेसले १५औँ महाधिवेशन दुई चिरामा विभाजित भएर सम्पन्न गर्दै छ । स्थाप…
कांग्रेस महाधिवेशन उद्घाटन सत्र : लोकतन्त्रदेखि आर्थिक रूपान्तरणसम्म सहकार्यको पक्षमा शीर्ष नेता
काठमाडाैं/ प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राष्ट्रिय मुद्दामा सत्तापक्ष–प्रतिपक्षको घेराभन्दा माथि उठेर सहकार्य गर्न सकि…
ठमेलमा बलात्कार गरेको अभियोगमा सेनाका मेजर पक्राउ
काठमाडौं/ बलात्कार मुद्दामा नेपाली सेनाका मेजर पक्राउ परेका छन्। प्रहरी वृत्त दरबारमार्गले एक साताअघि मेजर अनिलबहादुर बस्नेतलाई…
लोकतन्त्रमा कुनै खतरा छैनः रवि लामिछाने
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रमा कुनै खतरा नभएको बताएका छन्। नेपाली कांग्रसको १५औँ म…
पहिला मैले क्रमभंग गर्थें, अहिले गगनजीले क्रमभंग गर्नुभयोः प्रचण्ड
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रमभंगता गरेको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापालाई बध…