चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ‘भूठान’को ट्रेलर सार्वजनिक गरेको हो ।
तीन मिनेट लामो ट्रेलरले सामाजिक कथावस्तुमा आधारित रहेर सिनेमा बनेको देखाएको छ । भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथा ट्रेलरमा छ ।
वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भुटान फर्किन गरेको प्रयास ट्रेलरमा देख्न सकिन्छ । जिन्दगीले जन्मभूमिमा जरा गाडिसकेपछि पराइ भूमिमा बाध्य भएर बस्नु पर्दाको उकुसमुकुस सिनेमाले भन्ने संकेत गरेको छ।
पराइ भूमिमा भौतिक सुख प्राप्त भए पनि धर्म, संस्कार र संकृति नमिल्दा त्यसले पार्ने प्रभाव ‘भूठान’ले भन्ने संकेत ट्रेलरले गरेको छ । परिवारमा धर्म संस्कारलाई लिएर भएको विवादले पर्ने प्रभाव पनि ट्रेलरले देखाएको छ ।
अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य छन् । दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् ।
हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्राअन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरूले पनि काम गरेका छन् ।
भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले उठान गरेको छ । चलचित्र वैशाख १२ गते रिलिज हुँदै छ ।
बुलबुल चलचित्रबाट नाम कमाएका विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् । सुसन प्रजापतिले खिचेका छन् ।
कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् । अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनि, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्ज्वल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।
चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेस्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।
चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक
बजारले होइन, चेतनाले बन्छ राम्रो सिनेमा
३ हप्ता अघि
लोपोन्मुख नृत्य संरक्षणमा ऋतम्भरा
२ हप्ता अघि
पहिलोपटक युरोप भ्रमण गर्दै मंगोलियन हार्ट
२ हप्ता अघि
गायिका रिया खत्रीको ‘युके शहर’ सार्वजनिक
२ हप्ता अघि
सुझावित समाचार
दसैँगीत ‘आइपुग्यो दसैँ यो आँगन’ सार्वजनिक
काठमाडौं । नेपाली मौलिक संस्कृति, पारिवारिक आत्मीयता र उत्साह समेटिएको नयाँ लोक–आधुनिक गीत ‘आइपुग्यो दसैँ यो आँ…
आत्मसम्मान र परिचयको संघर्ष : पेन्सन पट्टा
चलचित्र सलल बग्छ । कहीँ पनि बोरिङ फिल हुँदैन । सरल र मार्मिक छन् संवादहरू । विशेषगरी, कलाकार सेलेक्सन, भाषा, रंग, सादगीपन…
चीनमा गुन्जियो नेपाली मौलिक संस्कृति
लमजुङ- चीनको फुगोङमा एक साँझ नेपाली मौलिक पोसाकमा सजिएका कलाकार कौरा नृत्यको ताल सुरु गर्दै थिए । उनीहरूले देउसी र भैलोको…
दसैँको पूर्वसन्ध्यामा र्यापर भियोमाको लाइभ कन्सर्ट हुने
काठमाडौंको जडीबुटीस्थित क्लब १८ मा र्‍यापर भियोमाको विशेष सांगीतिक प्रस्तुति हुने भएको छ। दसैँको पूर्वसन्ध्यामा १६ असोजमा आ…
लोकनाथ पौडेलको जीवनमा आधारित वृत्तचित्र सार्वजनिक
चार दशकभन्दा बढी समय शिक्षण पेसामा समर्पित हुँदै सामाजिक, साहित्यिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा निरन्तर योगदान पुर्‍याउ…
गायिका रिया खत्रीको ‘युके शहर’ सार्वजनिक
गायिका तथा मोडल रिया खत्रीले ‘युके शहर’ बोलको गीत सार्वजनिक गरेकी छिन्। शुक्रबार राजधानीमा एक कार्यक्रमबिच विमोचन…