त्रिविमा निमित्त उपकुलपतिको जिम्मा शिक्षाध्यक्ष प्रा.डा. केसीलाई

मंगलबार, २ बैशाख, २०८२
डिजिटल संस्करण

उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामापछि त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई तोकिएको छ।

त्रिवि कुलपति प्रधानमन्त्री केपी ओलीले निमित्तको जिम्मा प्रा.डा. केसीलाई दिएका हुन्। अर्को व्यवस्था नहुँदासम्मका लागि केसीले निमित्तको रूपमा काम गर्नेछन्। ओलीले निमित्तको जिम्मेवारी दिएपछि मंगलबार साँझ केसीले कार्यभार सम्हाल्दै छन्।

त्रिवि प्रवक्ता यमनसिंह बोहराले तीन महिनासम्मका लागि निमित्त दिने कानुनी व्यवस्थाअनुसार शिक्षाध्यक्षलाई प्रधानमन्त्रीले जिम्मेवारी दिएको बताए। ‘नियम प्रक्रियाबाट नयाँ उपकुलपति नआउन्जेलका लागि उहाँहरूलाई जिम्मेवारी दिइएको छ। आज साँझदेखि कार्यभार सम्हाल्नुहुन्छ,’ उनले भने।

प्रधानमन्त्री ओलीको दबाब र हेपाइका कारण प्रा.डा. बरालले १५ चैतमा राजीनामा दिएका थिए। गत शुक्रबार मात्रै ओलीले प्रा.डा. बरालको राजीनामापत्र स्वीकृति गरेका थिए।

सुझावित समाचार