चारदेशीय टी-२० शृंखला : आज नेपाल र हङकङ भिड्दै

शनिबार, २९ चैत, २०८१
डिजिटल संस्करण

चारदेशीय टी-२० शृंखलाको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै छ। हङकङको मिसन रोड ग्राउन्डमा नेपाली समयअनुसार बिहान सवा ११ बजे खेल सुरु हुनेछ। 

अपराजित नेपाल फाइनल पुग्ने लक्ष्यमा छ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो। 

नेपाल चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ। हङकङ र कुवेतको २–२ अंक छ, कतार अंकविहीन छ। शीर्ष टोली फाइनलमा पुग्नेछ, तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि आइतबार खेल्नेछन्। 

सुझावित समाचार