भियतनामबाट पहिलोपटक लुम्बिनीमा चार्टर उडान गराउँदै रुप्से होलिडेज

नेपाल–भियतनामबिचको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य

शुक्रबार, २८ चैत, २०८१
डिजिटल संस्करण

 रुप्से होलिडेज प्रालिले भियतनामबाट पहिलोपटक लुम्बिनीमा सीधा चार्टर उडान ल्याउने भएको छ । रुप्से होलिडेजले नेपाल–भियतनामबिचको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित भियतनामबाट चार्टर उडानमार्फत पर्यटक नेपाल ल्याउन लागेको हो । यसका लागि रुप्से होलिडेजले भियतनाम एयरलाइन्ससँगको सहकार्यमा तीनवटा विशेष चार्टर उडान सञ्चालन गर्न लागेको बताएको छ । उक्त चार्टर उडान ५ वैशाख तथा २ र १२ जेठमा भियतनामबाट सीधै लुम्बिनी आउनेछन् । 

पहिलो उडान भियतनामको हानोईबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (लुम्बिनी)मा अवतरण गर्नेछ । त्यस उडानमार्फत एक सय ८० जना बुद्ध धर्मावलम्बी पर्यटक लुम्बिनी पुग्नेछन् । त्यस्तै, २ र १२ जेठमा हुने उडानमार्फत थप पर्यटकलाई काठमाडौंमा अवतरण गराइने रुप्से होलिडेजले जनाएको छ । उनीहरूले १० दिनसम्म काठमाडौंलगायतका पर्यटकीय क्षेत्रको अवलोकन गर्नेछन् ।

फर्कने उडानमार्फत इच्छुक नेपाली वा अन्य नागरिकले सस्तो मूल्यमा भियतनामको टुर प्याकेज र टिकट प्राप्त गर्न सक्नेछन्, जसले दुईदेशीय पर्यटन प्रवाहलाई सन्तुलित र परस्पर लाभदायक बनाउने विश्वास गरिएको छ । नेपाल–भियतनामबिच पर्यटन आदान–प्रदानमा रुप्से होलिडेजले यसअघि पनि चार्टर उडान गराइसकेको छ । यो सहयकार्यले दुवै देशबिचको धार्मिक एवं सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने बताइएको छ । 

सुझावित समाचार