आइपिएलमा दिल्लीको सनसनीः चार खेल, चार जित

बिहिबार, २७ चैत, २०८१
डिजिटल संस्करण

इन्डियन प्रिमियर लिग(आइपिएल)को यो वर्षको सिजनमा दिल्ली क्यापिटल्सले सनसरीपूर्ण प्रदर्शन जारी राखेको छ। चार खेलमा उसले चारै वटा जित निकालेको छ। 

बिहीबार भएको खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंलोरलाई ६ विकेटले पराजित गयो। 

सुरुमा ब्याटीङ गरेको बैंगलोरले १६३ रन बनाएको थियो। 

जवाफी ब्याटीङमा  दिल्लीले खराब सुरुवात गर्दे ३० रनमा तीन विकेट गुमाएको थियो । केएल राहुलले ५३ बलमा ९३ रनको  अविजित इनिङको मद्दतले दिल्लीले सहजै जित निकालेको हो। १७.५ ओभरमै दिल्ली विजयी भएको हो। राहुल र त्रिस्तान स्टब्सले ५५ बलमा ११ रनको साझेदारी गर्दै टिमलाई विजयी गराएका हुन्। 

दिल्ली अंकतालिकाको दोस्रो स्थानमा छ। ५ खेल खेलर चार जित निकालेको गुजरात अंकतालिकाको पहिलो स्थानमा छ। 

सुझावित समाचार