बढ्यो सुनको मूल्य

बिहिबार, २७ चैत, २०८१
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा आज पाँच हजार सात सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु. एक लाख ७५ हजार चार सयमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला  एक लाख ८१ हजार एक सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । 

साथै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ३५ रहेको चाँदीको मूल्य आज प्रतितोला  एक हजार नाै सय  पुगेको छ । 

See More On

सुझावित समाचार