दुईपांग्रे सवारी एक्सचेन्ज मेला ‘यामाहा ब्लु फेस्ट’ बिहीबारबाट भृकुटीमण्डपमा सुरु हुँदै छ । ३ वैशाखसम्म चल्ने मेलाले बाइक एक्सचेन्ज मात्र नभई यामाहाको मूल मूल्यहरूलाई परिभाषित गर्ने एक्साइटमेन्ट, स्टाइल र पर्फर्मेन्स प्रदर्शन गर्ने बताइएको छ ।
मेला जुनसुकै ब्रान्डको बाइक साटाफेर गर्न सकिनेछ । त्यस्तै, यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजार र अन्य ब्रान्डमा न्यूनतम २५ हजारको मूल्यांकन, एक्सचेन्जमा अतिरिक्त १० हजार मूल्यांकन बोनस दिने कम्पनीले घोषणा गरेको छ ।
त्यसैगरी, कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९ प्रतिशतको फाइनान्सिङ, ‘थ्रिल अफ थ्री’ योजनासहित एक लाखसम्म नगद छुट हुनेछ । त्यसबाहेक ग्राहकले थ्रिल अफ थ्री विज्ञापन सेयर गर्दा एक हजार, विज्ञापनको स्क्रिनसट देखाएर ५० हजारसम्म र यामाहा खरिद गर्दा एक लाखसम्म नगद छुट पाउनेछन् ।
विविधतायुक्त र बलियो प्रडक्ट रेन्जका लागि परिचित यामाहा दैनिक यात्रुदेखि रेसिङ उत्साही र एडभेन्चर खोज्नेहरूका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । साथै, ग्राहकले डुअर प्राइजमा स्मार्ट हेलमेटसमेत जित्न र यामाहा मोडेलको टेस्ट राइड गरी रोमाञ्चक उपहार पनि पाउन सक्नेछन् ।