नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर निष्कासन (आइपिओ) गर्न चैत महिनाभरिमा दुई कम्पनीलाई स्वीकृति दिएको छ । बोर्डले ११ चैतमा सान्भी इनर्जीलाई स्थानीय बासिन्दा तथा सर्वसाधारणमा आइपिओ जारी गर्न अनुमति दिएको थियो ।
त्यस्तै, २५ चैतमा ट्रेड टावर लिमिटेडलाई आइपिओ ल्याउन अनुमति दिएको हो । सान्भीले प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ९० हजार आइपिओ निष्कासन गर्न अनुमति पाइसकेको छ । ट्रेड टावरले पनि सोही मूल्यमा ३७ लाख ९१ हजार ६ सय ९३ कित्ता आइपिओ जारी गर्न अनुमति पाएको हो ।