राष्ट्रपतिद्वारा सेतो मत्स्येन्द्रनाथको दर्शन

आइतबार, २३ चैत, २०८१
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मत्स्येन्द्रनाथको पूजा, आराधना एवं दर्शन  गरेका छन् ।

चैत्र शुक्ल अष्टमीका अवसरमा शनिबार बेलुकी सेतो मत्स्येन्द्रनाथको रथ तानेर असन पुगेपछि मध्यराति राष्ट्राध्यक्षले पूजा, आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सोही परम्पराअनुसार राष्ट्रपति पौडेलले गएराति असन पुगेर सेतो मत्स्येन्द्रनाथको पूजा, आराधना एवं दर्शन गरेका हुन्। 
शनिबारदेखि सुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा मच्छिन्द्रबहालबाट तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याइएको थियो । रासस

सुझावित समाचार