रवि लामिछानेले भने– ममाथि ठुलो अन्याय भएको छ, अदालतको आदेशको सम्मान गर्छु

शुक्रबार, २१ चैत, २०८१
डिजिटल संस्करण

थुनामा पठाउने अदालतको आदेशको आफूले सम्मान गर्ने रास्वपाका सभापति रवि लामिछानेले बताएका छन्।  आजै आफूले गिरफ्तारी दिने उनको भनाइ छ ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूमाथि ठुलो अन्याय भएको र अदालतका अन्य ढोका ढकढक्याउने उल्लेख गरेका छन्। अदालतको आदेशसँगै बुढानीलकण्ठस्थित  लामिछानेको घरमा प्रहरी टोलीसमेत पठाइएको छ । 

बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो। 
 

सुझावित समाचार