कुमारीले मनायो वार्षिकोत्सव

शुक्रबार, २२ चैत, २०८१
डिजिटल संस्करण

कुमारी बैंकले विभिन्न कार्यक्रम गरी २४औँ वार्षिकोत्सव मनाएको छ । जसअन्तर्गत बैंकले विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको  हो । रक्तदानमार्फत स्थानीयस्तरमा रक्त बैंकको आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छ ।

वार्षिकोत्सवकै अवसरमा बैंकले कर्मचारीलाई आआफ्नो परम्परा र संस्कृतिको महत्व दर्साउन परम्परागत वेशभूषा पहिरन गर्न प्रोत्साहितसमेत गरेको छ । 


कार्यक्रमले कर्मचारीलाई आफ्नो परम्परागत पोसाकमार्फत सांस्कृतिक पहिचान तथा संवद्र्धन गर्न मद्दत पुर्याउने विश्वास लिएको छ । विविध सांस्कृतिक परम्परालाई अँगाल्दै बैंकले आफ्नो कार्यक्षेत्रमा ‘विविधतामा एकता’लाई जोड दिएको जनाएको छ । 

सुझावित समाचार