कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

मंगलबार, १८ चैत, २०८१
डिजिटल संस्करण

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन्। नेपालको संविधानबमोजिम प्रधानमन्त्री केपी ओलीको सिफारिसमा उपप्रधानमन्त्री सिंहलाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रधानमन्त्री ओली औपचारिक भ्रमणका लागि थाइल्यान्ड प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्यको जिम्मेवारी उपप्रधानमन्त्री सिंहले सम्हाल्नेछन्।

सुझावित समाचार