आरसिओडीको म्याद थप गर्न माग

मंगलबार, १८ चैत, २०८१
डिजिटल संस्करण

 स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले कुनै पनि सरकारी तथा बाह्य निकायले दिने अनुमतिमा ढिलाइ हुँदा जलविद्युत् आयोजनाको निर्माण समयमै सम्पन्न हुन नसके विद्युत् प्राधिकरणले आरसिओडी थप गर्नुपर्ने माग गरेको छ ।

सोमबार विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई   शुभकामना व्यक्त गर्दै इप्पान अध्यक्ष गणेश कार्कीले जलविद्युत् आयोजनाहरूले वन मन्त्रालयबाट रुख कटान तथा भारतबाट विस्फोटक पदार्थ आयातको अनुमति नपाउँदा तोकिएको समयमा विद्युत् उत्पादन गर्न असमर्थ भए व्यावसायिक विद्युत् उत्पादन गर्नुपर्ने मिति (आरसिओडी) थप गर्नुपर्ने बताए ।  

भेटमा प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले वर्षायामको ६ महिना आरसिओडीभन्दा ढिलो विद्युत् उत्पादन भए पनि पेनाल्टी नलाग्ने व्यवस्था गर्न प्रयास गरिने बताए । इप्पानले जलवायु परिवर्तनका कारण हाइड्रोलोजी पेनाल्टी खारेज गर्नुपर्ने माग गरेकोमा शाक्यले ग्रिडको अनुशासन पालना हुने गरी पेनाल्टीको व्यवस्था पुर्नमूल्यांकन गर्न सकिने बताए । त्यस्तै, आरसिओडी म्याद थप गर्ने कुरामा आफू सकारात्मक रहेको शाक्यले बताए ।

See More On

सुझावित समाचार