आइपीएलमा मुम्बईको पहिलो जित

मंगलबार, १७ चैत, २०८१
डिजिटल संस्करण

यो सिजनको इन्डियन प्रिमियर लिग(आएपीएल)मा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । सोमबारको खेलमा मुम्बईले कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्यो। टस जितेर पहिले बलिङ रोजेको मुम्बईले कोलकत्तालाई ११६ रनमा अलआउट गरेको थियो। डेब्यु गरेका बलर आश्विनी कुमारले चार विकेट लिएका थिए। 

११७ रनको लक्ष्य मुम्बईले २ विकेट गुमाएर १२.५ ओभरमा नै पूरा गर्यो। मुम्बईका लागि रायन रिकेल्टनले अविजित ६२ रनको पारी खेले। 

यसअघिका दुई खेलमा मुम्बई पराजित भएको थियो। कोलकत्ताले भने यसअघिका दुई खेलमध्ये एक खेल जितेको थियो। सोमबार ठूलो अन्तरले पराजित भएसँगै कोलकत्ता अंक तालिकाको पुछारमा पुगेको छ। 
 

See More On

सुझावित समाचार