राजसंस्था पुनर्स्थापना आन्दोलनको नेतृत्व जगमान गुरुङले गर्ने

सोमबार, १७ चैत, २०८१
डिजिटल संस्करण
राजसंस्था पुनर्स्थापना आन्दोलनको नेतृत्व जगमान गुरुङले गर्ने

संस्कृतिविद् जगमान गुरुङ

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको नेतृत्व हेरफेर भएको छ । संयोजक नवराज सुवेदीले नेतृत्व हेरफेर भएको जनाउँदै आइतबारबाट कार्यवाहक संयोजकका रूपमा संस्कृतिविद् जगमान गुरुङले नेतृत्व गर्ने जानकारी गराएका छन् ।

आफू निवासमै नजरबन्दमा परेकाले राजसंस्था पुनर्स्थापनाका लागि सञ्चालित आन्दोलनको संयोजक फेर्नुपरेको उनले विज्ञप्तिमार्फत जनाएका छन् । उनले आन्दोलन जारी राख्न सबैलाई आह्वानसमेत गरेका छन् ।

सुझावित समाचार