रास्वपाको केन्द्रीय समिति बैठक सोमबार

आइतबार, १६ चैत, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको विशेष बैठक सोमबार बस्ने भएको छ। केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार भोलि सोमबार दिउँसो ३ बजेलाई बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनीष झाले बताए।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समितिको दुईवटा बैठक एकपछि अर्को गरी निरन्तर बस्ने बताइएको छ।

बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आ–आफ्नो संक्षिप्त रिपोर्टिङ, लिडरसिप एकेडेमीको फ्लो चार्ट, जनयात्रा कार्यक्रमलगायतका विषयमा छलफल हुने झाले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

यसैगरी, पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस तथा अधिवेशन महाधिवेशन कार्यतालिकालगायतका एजेन्डाहरू रहेका छन्।

सुझावित समाचार