दोस्रोपटक सूचना टाँसेर संसद् स्थगित

आइतबार, १६ चैत, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित गरिएको छ । यसअघि आजै सवा ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न सकेको थिएन । त्यतिवेला सवा १ बजेका लागि बोलाइएको बैठक पनि प्रतिपक्षीको अवरोधका कारण बस्न सकेन ।

अहिले पुनः ४ बजे बस्ने गरी बैठक तय भएको छ । सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल थालेका छन् ।

सुझावित समाचार