फरार दुर्गा प्रसाईंले भने- मलाई देख्नेबित्तिकै गोली हान्ने प्रधानमन्त्रीको आदेश छ

आइतबार, १६ चैत, २०८१
डिजिटल संस्करण

राजावादीहरूको आन्दोलनको कमान्डर रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिवेला फरार छन् । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए । उनलाई प्रहरीले अहिले पनि खोजी गरिरहेको छ ।

फरार रहेका प्रसाईंले केही बेरअघि सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश पोस्ट गर्दै प्रहरीसँग माफी मागेका छन् । उनले भनेका छन्, ‘मलाई देख्नेबित्तिकै गोली हान्ने प्रधानमन्त्रीको आदेश रहेछ, म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हुँ । तपाईंहरूप्रति लक्षित दुस्मनी होइन । तपाईंहरूलाई पर्न गएको चोटप्रति क्षमा चाहन्छु ।’

प्रसाईंले भनेका छन्, ‘मेरो कानको छेवैबाट गोली गयो । मैले कुरो बुझिसकेपछि मेरै गाडीमा अश्रुग्यास उत्रिएपछि यस्तो भएको हो,’ प्रसाईंले भिडियोमा भनेका छन्, ‘मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ ।’

भिडियो सन्देश जारी गर्दै आफू नभागेको, तर आफ्नो ज्यान जोगाउन काठमाडौंकै कुनै एक मन्दिरमा सुरक्षित भएर बसेको बताएका छन् । 

सुझावित समाचार