राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

शनिबार, १५ चैत, २०८१
डिजिटल संस्करण

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शनिबार) बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्नेछ ।

समसामयिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जनाकारी दिए। शुक्रबार राजावादीको आन्दोलन हिंसात्मक भएकोबारे पनि पार्टीमा छलफल हुने बताइएको छ।

राजावादीको आान्दोलनपछि पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा पक्राउ परेका छन्। उनीहरूमाथि आन्दोलनमा हिंसात्मक बनाउन भूमिका खेलेको आरोप लागेको छ।

सुझावित समाचार