प्रदेशका योजना पालिकाले गर्‍यो फिर्ता

शनिबार, १५ चैत, २०८१
डिजिटल संस्करण
  • बुढीगंगा नगरपालिकाले सदरमुकाम जोड्ने बाटोका लागि मागेको बजेट पाएन, तर कार्यकर्तामार्फत खर्च गर्ने सर्तमा प्रदेशले आवश्यक नभएको बजेट पठाएपछि फर्काइदियो २२ योजना

सुदूरपश्चिम प्रदेशले आव ०८१/८२ को बजेटबाट ससर्त अनुदानमार्फत खर्च गर्ने गरी दिएको २२ योजना बुढीगंगा नगरपालिकाले फिर्ता पठाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले नगर कार्यपालिकाको बैठकले प्रदेशबाट हस्तान्तरण भएका २२ वटा आयोजना कार्यान्वयन गर्न नसकिने निर्णय गरी फिर्ता गरेको जानकारी दिए । उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन गर्नुपर्ने सर्त राखेर पठाएका योजना नगरपालिकाले फिर्ता गरिदिएको हो ।

पालिकाले १० लाखभन्दा ठुला लागतका योजना सार्वजनिक खरिद ऐनअनुसार बोलपत्रमार्फत कार्यान्वयन गरिहेको, तर प्रदेशले पठाएका साना योजना उपभोक्ता समितिमार्फत गर्नुपर्ने गरी स्वीकृति भएपछि कार्यान्वयन गर्नुको सट्टा फिर्ता गरेको प्रमुख प्रशासकीय अधिकृत नाथले जानकारी दिए ।

‘प्रदेशबाट आएका योजना ठेक्कामार्फत कार्यान्वयन गर्न स्थानीयले नमानेपछि पालिकाले सबै योजना फिर्ता गर्ने निर्णय लिएको हो,’ नगरप्रमुख रामबहादुर बानियाँले भने । 

सुझावित समाचार