उड्नेबित्तिकै समिट एयरको जहाजमा प्राविधिक समस्या, रामेछाप विमानस्थलमा सकुशल अवतरण

शुक्रबार, १५ चैत, २०८१
डिजिटल संस्करण

शुक्रबार बिहान १५ जना यात्रु लिएर रामेछाप विमानस्थलबाट लुक्लाका लागि उडेको आइएनएकेजेड कलसाइनको समिट एयरको विमान उड्नेबित्तिकै प्राविधिक समस्या देखिएपछि पुनः रामेछाप विमानस्थलमा नै अवतरण गराइएको छ ।

विमानले धावनमार्गबाट उचाइ लिने क्रममा विमानको इन्डिकेटरमा समस्या देखिएको  थियो । जहाजमा समस्या देखिएपछि विमानचालकले तत्काल जहाज रामेछाप विमानस्थलमा नै फर्काएर अवतरण गराएका थिए ।

विमान अवतरणपछि रामेछाप विमानस्थलमा रहेका प्राविधिक इन्जिनियरहरूले विमानको परीक्षण गरी परीक्षण उडानका लागि उक्त विमान रामेछापबाट काठमाडौं पठाइएको र काठमाडौंबाट फर्किएपछि नियमित उडान भर्ने तालिका रहेको रामेछाप नागरिक उड्यन कार्यालयका प्रमुख हिरण शाहले जानकारी दिए । 
 

सुझावित समाचार