‘उज्यालो नायक’ भन्दै कुलमानको समर्थनमा टुकी बालेर प्रदर्शन [फाेटाेफिचर]

बिहिबार, १३ चैत, २०८१
डिजिटल संस्करण

कुलमान घिसिङको समर्थनमा ललितपुरको पुल्चोकमा टुकी र मैनबत्ती बालेर नागरिकले प्रदर्शन गरेका छन्। ‘उज्यालो नायक’ भन्दै नागरिकले स्वतस्फूर्त रूपमा सरकारको कदममा विरोध जनाएका हुन्।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा उत्रिएका नागरिकले कुलमानको पुनर्बहाली र ऊर्जामन्त्रीको राजीनामासमेत मागेका छन्। 

प्रदर्शनमा सहभागीहरूले ‘भ्रष्ट सरकार चाहिँदैन, प्राधिकरण लुट्न पाइँदैन’, ‘भ्रष्ट मन्त्री राजीनामा दे’जस्ता नारा लगाएका छन्।

हेर्नुस् तस्बिर :

सुझावित समाचार