पेप्सोडेन्ट नेपालले ‘विश्व मौखिक स्वास्थ्य दिवस २०२५ ’को अवसरमा दन्त स्वास्थ्य कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य शिविर, सचेतना कार्यक्रम, म्याराथन, स्वास्थ्य सामग्री वितरणलगायत कार्यक्रम गरेर दिवस मनाएको हो ।
चर्चित ओरल केयर ब्रान्ड पेप्सोडेन्टले डेन्टल स्टुडेन्ट्स सोसाइटी नेपाल (डिएसएसन)सँगको सहकार्यमा विभिन्न विद्यालय तथा कलेजमा सचेतना तथा दन्त शिविर सञ्चालन गरेको हो । १५ मार्चमा श्री गुह्येश्वरी माध्यमिक विद्यालयमा, १६ मार्चमा बिआइए इन्स्टिच्युट, जोरपाटीमा र १७ मार्चमा चितवन मेडिकल कलेज, चितवनमा कार्यक्रम सञ्चालन गरेको हो ।
मार्च २०, २०२५ विश्व मौखिक स्वास्थ्य दिवसको दिन, पेप्सोडेन्ट नेपालले डिएसएन र नेपाल डेन्टल एसोसिएसनसँगको सहकार्यमा वसन्तपुरबाट नक्सालसम्म २५० दन्त चिकित्सक र विद्यार्थीहरूको सहभागिता रहेको ‘रन फर ओरल हेल्थ’ म्याराथन आयोजना गरेको हो ।
कम्पनीको अनुसार पेप्सोडेन्ट नेपालले डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएसन अफ नेपाल (डिएसएचएएन)सँग मिलेर मार्च १८ मा एक हजार आठ सयभन्दा बढी ट्राफिक प्रहरीलाई निःशुल्क दन्त जाँच प्रदान गरी दन्त स्वास्थ्य किट वितरण गरेको थियो ।