प्रधानमन्त्रीको जवाफ माग्दै राष्ट्रिय सभामा पनि अवरोध

बैठक १५ मिनेटका लागि स्थगित

बुधबार, १२ चैत, २०८१
डिजिटल संस्करण
प्रधानमन्त्रीको जवाफ माग्दै राष्ट्रिय सभामा पनि अवरोध

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ। नेपल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्दै सांसदहरूले बैठक अवरोध गरेका हुन्।

सांसदहरूको विरोधपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।

यसअघि आजै प्रतिनिधिसभामा पनि सांसदहरूले कुलमान बर्खास्तीको विरोध गर्दै सरकारको जवाफ मागेका थिए। बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएपछि प्रतिनिधिसभा बैठक पनि आधा घण्टाका लागि स्थगित गरिएको छ।

सुझावित समाचार