‘ग्रुप च्याट’ लिकले तरंगित अमेरिकी राजनीति

बुधबार, १२ चैत, २०८१
डिजिटल संस्करण
‘ग्रुप च्याट’ लिकले तरंगित अमेरिकी राजनीति

ग्रुप च्याट गर्ने अमेरिकी उपराष्ट्रपति भान्स, राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्ज र रक्षामन्त्री हेगसेथ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारका शीर्ष अधिकारी रहेको एक ग्रुप च्याटमा एकजना पत्रकारलाई भुलवश समावेश गरिएपछि त्यहाँ हुने वार्ता बाहिरिएको छ । ग्रुपमा अमेरिकाले यमनका हुथी लडाकु समूहविरुद्ध आक्रमण गर्नुअघि छलफल भएको ती पत्रकारले खुलासा गरेका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्जले सिग्नल नामक एपको एक च्याट ग्रुपमा ‘दि एट्लान्टिक’का प्रधान सम्पादक जेफ्री गोल्डबर्गलाई झुक्किएर जोडेपछि यो अवस्था आएको थियो ।

‘हुथी पिसी स्मल ग्रुप’ नाम दिइएको सो च्याट ग्रुममा उपराष्ट्रपति जेडी भान्स, सिआइए निर्देशक जोन र्या टक्लिफ, ह्वाइट हाउस चिफ अफ स्टाफ सुजी वाइल्स र रक्षामन्त्री पिट हेगसेथलगायत शीर्ष अधिकारी थिए । ट्रम्पविरोधी मानिने ‘द एट्लान्टिक’सम्बद्ध गोल्डबर्गले सोमबार ग्रुपमा भएको छलफल उल्लेख गर्दै लेख लेखेपछि अहिले अमेरिकी राजनीति तरंगित भएको छ । 

छलफलपछि १५ मार्चका यमनका हुथीमाथि अमेरिकी सेनाले आक्रमण गरेको थियो । आक्रमणलगत्तै वाल्जले ग्रुपमा ‘अद्भूत काम !’ भनेका थिए । 

अहिले अमरिकाका दुवै देशका सांसदले सुरक्षित सरकारी माध्यमभन्दा बाहिरी माध्यममा उच्च पदस्थबिच संवेदनशील विषयमा छलफल भएको भन्दै विरोध भएको छ । सांसदहरूले यस घटनाको छानबिन हुनुपर्ने माग गरेका छन् । ह्वाइट हाउसले भने विज्ञप्ति निकाल्दै आफ्ना पदाधिकारीको बचाउ गरेको छ । 

विवाद चर्किने छाँटकाँटबिच गोल्डबर्गलाई ग्रुपमा जोड्ने राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्जले राजीनामा दिन सक्ने अड्कल काटिएको छ । त्यस्तै ग्रुप च्याटमा उपराष्ट्रपति भान्सले ट्रम्पका नीतिको आलोचना गरेका छन् । यसले ट्रम्प र उनीबिचको सम्बन्धमा असर गर्न सक्ने विश्लेषण भइरहेको छ । लेखमा गोल्डबर्गले अमेरिकाका शत्रुसम्म सूचना पुग्दा अमेरिकी स्वार्थमा हानि पुग्न सक्ने भएकाले तिनलाई हालसम्म गोप्य राखेको दाबी गरेका छन् ।

See More On

सुझावित समाचार