थिंक बिफोर फलो, वाइज मनी टुमरो) भन्ने नाराका साथ ग्लोबल मनी विक सप्ताह– २०२५ गएको सोमबारदेखि सुरु भई आइतबार समापन भएको छ । हरेक वर्ष मार्च महिनामा हप्ताव्यापी रूपमा मनाइने ग्लोबल मनी विक १३औँ संस्करण हो । सोही अभियानअन्तर्गत महिला लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालयको आयोजनामा देशभरका ६ वटा प्रदेशहरूमा वित्तीय साक्षरता तथा सामाजिक काम गर्दैै समापन गरिएको थियो भने सप्ताहको अन्तिम दिन आइतबार काठमाडाैंमा रक्तदान कार्यक्रम गरी सप्ताहको समापन गरेको छ ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा आयोजित समापन समारोहमा महिला अधिकार तथा विकास केन्द्रका अध्यक्ष, पूर्वसांसद तुल्सी थापाको प्रमुख आतिथ्य रहेको थियो ।
समापन कार्यक्रमका अध्यक्ष तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णप्रसाद न्यौपानेले ग्लोबल मनी विक सप्ताह– २०२५ सप्ताहको सन्दर्भमा देशभरका सातवटै प्रदेश कार्यालयले सक्रिय भूमिका निर्वाह गरी सप्ताहको समापन गर्नमा अहं भूमिका खेलेकोमा धन्यवाद ज्ञापन गरे । बागमती प्रदेशमा आज आयोजित रक्तदान कार्यक्रममा न्यौपानेले महिला लघुवित्तले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत युवा, महिला, उद्यमी तथा अन्य समुदायलक्षित कार्यक्रम स्थापनाकालदेखि नै गर्दै आइरहेको बताउँदै संस्थाले यसपटक भने भिन्न तरिकाले कार्यक्रम आयोजना गरेको बताए ।
यस पटकको ग्लोवल मनी वीक सप्ताह २०२५ ले बालबालिका ,युवायुवती र बृद्धबृद्धाहरुलाई समेत समेटेको बताए । लघुवित्तले प्रदान गर्ने सेवा सुविधाहरु ,वित्तीय कारोवार बारे आधारभुत ज्ञान ,वित्त व्यवस्थाको लागि पारिवारिक बजेट तयार गर्ने तरिका ,बचत गर्ने बानी सुधार गर्ने तरिका ,लघुवित्तले प्रदान गर्ने बिभिन्न कर्जा ,लगायत रेमिटेन्सको प्रकृया ,कानुन विपरित हुण्डी र त्यसको नकरात्मक असर , सफानोट नीति र नोटलाई जतन गर्ने तरिकाहरु जस्ता बिषयहरुमा विस्तृत ज्ञान दिएका थिए। वागमती प्रदेशमा गरिएको कार्यक्रममा ३७ जनाले रक्तदान गर्नु गौरवको बिषय भएकोले ,रक्तदान जीवनदान भएको ठहर गर्दै रक्तदानमा सहभागी सबैलाई (सिइओ) न्यौपाने र प्रमुख अथिति एवं महिला अधिकार तथा विकास केन्द्रकी अध्यक्ष तुलसी थापाले सम्युक्त रुपमा धन्यवाद ज्ञापन गर्दै रक्तदानमा सहभागी सबैलाई प्रमाणपत्र बितरण गरेका थिए ।